जन्मदिनमा प्रेरणादायी उदाहरण चेतन बिक्रम चन्दद्वारा धनगढीको शिवपुरीधाममा वृक्षारोपण

धनगढी । आफ्नो जन्मदिनलाई समाज र प्रकृतिप्रतिको जिम्मेवारीसँग जोड्दै चेतन बिक्रम चन्दले धनगढीस्थित शिवपुरीधाममा वृक्षारोपण गरेका छन्। जन्मदिनको अवसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै उनले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने सन्देश दिएका छन्।

चन्दले जन्मदिनमा अनावश्यक खर्च गर्नेभन्दा एउटा बिरुवा रोपेर प्रकृतिलाई जीवन दिनु नै सबैभन्दा ठूलो उपहार हुने बताए। उनले हरेक व्यक्तिले आफ्नो जन्मदिन, विवाह वार्षिकोत्सव वा अन्य विशेष अवसरलाई वृक्षारोपणजस्ता समाजोपयोगी कार्यसँग जोड्न सके वातावरण संरक्षण अभियानले थप गति लिने विश्वास व्यक्त गरे।

संगैका साथिहरुले  चेतन बिक्रम चन्दको यस अभियानलाई अनुकरणीय र प्रेरणादायी कार्यको रूपमा प्रशंसा गरेका छन्। बढ्दो वातावरणीय चुनौतीका बीच यस्ता अभियानले हरियाली संरक्षणसँगै समाजमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।

जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी समाज र वातावरणका लागि उपयोगी कार्यमार्फत मनाउने चन्दको  यो प्रयास धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.