अछामी कीर्तिपुर समाजमा लोकेन्द्र धामीको संयोजकत्वमा २१ सदस्यीय समिति चयन

काठमाडौं। अछामी कीर्तिपुर समाजमा लोकेन्द्र धामीको संयोजकत्वमा २१ सदस्यीय नयाँ समिति चयन भएको छ।

समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अछामी समुदायबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले नयाँ समिति चयन गरिएको हो।

हाल समितिको संयोजकमा लोकेन्द्र धामी चयन भएका छन् भने अन्य पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट हुन बाँकी रहेको छ। समितिमा २१ जना सदस्य रहेका छन्।

नवनिर्वाचित समितिले कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने अछामी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

समाजको संस्थागत विकास, अछामी समुदायबीचको आपसी सम्बन्ध विस्तार तथा आवश्यक समयमा एकअर्कालाई सहयोग गर्ने वातावरण निर्माणमा नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

संयोजक लोकेन्द्र धामीसहित नवचयनित सम्पूर्ण समिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.