बाढीपीडितको सहयोगार्थ सुदूरपश्चिमेली नेपाली समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार सहयोग

काठमाडौं, भदौ १६। सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विगतदेखि नै निरन्तर सक्रिय रहँदै आएको सुदूरपश्चिमेली नेपाली समाजले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समाजका तर्फबाट उक्त रकम महालक्ष्मी विकास बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका सचिव डम्मर खड्काले जानकारी दिनुभयो।

सचिव खड्काका अनुसार सुदूरपश्चिमेली नेपाली समाजले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा परेका नागरिकहरूलाई राहत, आर्थिक तथा मानवीय सहयोग गर्दै आएको छ। सोही सामाजिक उत्तरदायित्व र सेवाभावलाई निरन्तरता दिँदै यसपटक पनि बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उक्त रकम प्रदान गरिएको हो।

विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै समाजले देश तथा विदेशमा रहेका नेपालीहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।

समाजले आगामी दिनमा पनि विपद् राहत, मानवीय सेवा तथा सामाजिक सहयोगका कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.