काठमाडौं। अछामी समाज कीर्तिपुरले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित तीनकुनेमा निःशुल्क खानेपानी वितरण कार्यक्रम आयोजना गरेको छ।

समाजकासंयोजक लोकेन्द्र धामीको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थी, पैदलयात्री तथा सर्वसाधारणलाई निःशुल्क पानी वितरण गरिएको हो। “सामूहिकतामा एकता, व्यावसायिक बनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित सञ्चालित यस कार्यक्रमले गर्मीको समयमा सर्वसाधारणलाई राहत पुर्याउनुका साथै सामाजिक सेवाको सकारात्मक सन्देश दिएको छ।
संयोजक धामीले आगामी दिनमा पनि समाजले यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।





