अमित मल्लको पहिलो गीत सार्वजनिक

धनगढी । गायक अमित मल्लको स्वर, शब्द र संगीतमा तयार भएको पहिलो  गीत  हे सुवा आज सार्वजनिक भएको छ। आफ्नै सिर्जना र मिठो स्वरमा तयार गरिएको गीतमार्फत मल्लले संगीत  क्षेत्रमा आफ्नो यात्रा अघि बढाएका छन्।
गीतमा जेन स्टुडियोको संगीत उत्पादन रहेको छ भने विभिन्न कलाकारले वाद्यवादनमा साथ दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ जेनरिक्सले गरेका छन्।
गीतको भिडियो जीवन सुनुवारले निर्देशन गरेका हुन्। भिडियोमा अमित मल्लसँगै रोनिशा देवकोटा, सन्देश थापा, जीवन सुनुवार र सुरोज अधिकारीको अभिनय रहेको छ।
मिठो स्वर र आकर्षक भिडियोसहित आएको अमित मल्लको नयाँ गीतले दर्शक–स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.