बाजुराको  बुढीगङ्गा नदिमा एक  युवक मृत फेला

बाजुरा– बाजुराको बुढीगङ्गा नदीमा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका –२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।

गत सोमबार बिहान घरदेखि बुढीगङ्गा खोलामा माछा मार्न गएका महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.