धनगढी । गायक अमित मल्लको स्वर, शब्द र संगीतमा तयार भएको पहिलो गीत हे सुवा आज सार्वजनिक भएको छ। आफ्नै सिर्जना र मिठो स्वरमा तयार गरिएको गीतमार्फत मल्लले संगीत क्षेत्रमा आफ्नो यात्रा अघि बढाएका छन्।
गीतमा जेन स्टुडियोको संगीत उत्पादन रहेको छ भने विभिन्न कलाकारले वाद्यवादनमा साथ दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ जेनरिक्सले गरेका छन्।
गीतको भिडियो जीवन सुनुवारले निर्देशन गरेका हुन्। भिडियोमा अमित मल्लसँगै रोनिशा देवकोटा, सन्देश थापा, जीवन सुनुवार र सुरोज अधिकारीको अभिनय रहेको छ।
मिठो स्वर र आकर्षक भिडियोसहित आएको अमित मल्लको नयाँ गीतले दर्शक–स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।





