अछाम। नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडा सदस्यसहित विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपा पञ्चदेवल विनायक नगरपालिका–२ वडा कार्यसमितिको बैठकका अवसरमा लालगिरि विक, रणबहादुर धामी, रमेश विक, जोगी विक, मोहनसिंह विक, पदमराज न्यौपाने, नन्दसिंह धामी, देविसरा धामी, जनकबहादुर धामी, वीरबहादुर विक, लोकबहादुर विक, कर्ण धामी र दलबहादुर ढोली लगायतले विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्।
बैठकमा रास्वपा अछाम जिल्ला उपसभापति टंक धामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, नगर सभापति रणबहादुर कडायत आमन्त्रित अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने मानबहादुर चलाउने, राजेश राउत लगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संगठनलाई वडा तहबाट थप बलियो बनाउने, जनतासँगको सम्बन्धलाई नजिक बनाउने र स्थानीय समस्या तथा जनसरोकारका विषयमा सक्रिय भएर काम गर्ने विषयमा जोड दिइएको थियो।
बैठकमा संगठन विस्तार तथा सुदृढीकरण, आगामी सांगठनिक गतिविधि र स्थानीय जनसरोकारका विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरिएको छ।
बैठकले पार्टीमा नयाँ प्रवेश गर्ने सबैलाई हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आपसी सहकार्य र एकताका साथ संगठन निर्माण तथा जनताको सेवामा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएको छ।