सायल गाउँपालिका डौड–४ मा १० शय्याको अस्पताल अलपत्र

डोटी। सायल गाउँपालिका, डौड वडा नं. ४ मा निर्माणाधीन १० शय्याको अस्पताल तोकिएको समयमै सम्पन्न हुन नसक्दा योजना अलपत्र अवस्थामा पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार काम हुनुपर्ने भए पनि ठेकेदारको लापरबाही र पालिकाको कमजोर अनुगमनका कारण योजना जोखिममा परेको कागजातबाट खुलेको छ।
गाउँपालिकाले ठेक्का नं. ५/०७८/७९ मार्फत उक्त अस्पताल निर्माणको जिम्मा डिआर कन्स्ट्रक्सनलाई दिएको थियो। सम्झौता अनुसार निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने भए पनि २०८०/०८१ मा गरिएको स्थलगत निरीक्षणमा समेत अस्पतालको काम अधुरो रहेको देखिएको छ।
माथि दिइएको पत्र अनुसार योजनाका लागि निर्माण व्यवसायीलाई रु. ८४,००,००० (चौरासी लाख) बराबरको पेश्की रकम उपलब्ध गराइएको थियो। तर नियमअनुसार पेश्की बराबरको काम सम्पन्न गरी प्रमाणित गर्नुपर्नेमा त्यसअनुसारको प्रगति नदेखिएकाले उक्त रकम पेश्की जमानतको जोखिममा परेको छ।
निर्माण व्यवसायीले आफूले केही काम सम्पन्न गरेको दाबी गर्दै भुक्तानी माग गरे पनि, अनुगमन तथा मूल्यांकन नगरी भुक्तानी दिन नमिल्ने भन्दै गाउँपालिकाले रोक लगाएको उल्लेख पत्रमा छ। तर काम समयमै सम्पन्न गराउन आवश्यक कडा कदम चाल्न नसक्दा पालिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ।
यसैबीच गाउँ कार्यपालिकाको २०८१/०९/१५ को निर्णय अनुसार आवश्यक कागजात नवीकरण गरी २०८२ असार मसान्तसम्म म्याद थप गरिएको छ। तर खोजपत्रकारिताको क्रममा संकलित तथ्यले देखाउँछ— म्याद थप मात्रै समाधान होइन, जिम्मेवारी सुनिश्चित नगरेसम्म योजना अलपत्रकै अवस्थामा रहने खतरा छ।
स्थानीयवासीहरू भन्छन्, “अस्पतालको नाममा बजेट आयो, पेश्की गयो, तर बिरामीले उपचार पाएका छैनन्। योजना कागजमै सीमित भयो।”
नियमअनुसार थपिएको म्यादभित्र पनि निर्माण कार्य सम्पन्न नभए पेश्की जफत, ठgfक्का खारेज तथा जिम्मेवार पदाधिकारीमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने अवस्था रहेको सरोकारवालाहरू बताउँछन्।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.