सशस्त्र द्वन्द अघि र पछिको मालिका माताको दर्षन र सम्झना,युद्ध सङ्गै हरायका सस्कृती

पवन भण्डारी,धनगढी । जब म सानै थिए । श्रावणको महिनामा जता ततै हरियाली हुन्थे । प्राय मेरो जन्म भुमी अछामको मङ्गलसैन नगरपालिका ६ मकै खेतीको लागि प्रसिद्ध थियो र अझै पनि छ । जता ततै पाक्नै लागेका हरिया मकै देखेर मन आनन्दित हुन्थ्यो । श्रावण महिना भन्ने बित्तीकै हाम्रो गाउका सबैको मनमा आउँछ मालिके चौदसी अर्थात श्रावण शुक्ल चतुदर्शी ।

हाम्रो गाउँको सिरमा मालिका माता (मालिका भगवती )को मन्दिर छ । सो मन्दिरमा हरेक श्रावण महिनाको चौदसीमा (श्रावण शुक्ल चतुदर्शी) पुजा आजा गर्ने गर्छौ । मालिका मन्दिरमा लाग्ने पुजा हाम्रो गाउँको लागि यो निकै ठूलो पर्व मानिन्छ । मालिका मन्दिरमा पुजा गर्न अछामका विभिन्न ठाउँ बाट भक्तजनहरु आउने गर्थे । सानै उम्मेर थियो त्यो बेला मालिका माईको दर्शन गर्न भनेपछी म पनि हुरुक्क हुन्थ्यौ । मालिकामा पुजाआजा हुनुभन्दा दुइ दिन अगाडि मन्दिर सम्म जाने बाटो बनाईन्थ्यो,र भक्तजनहरुका लागि नुहाउन बाईस्सेधारा बनाईन्थ्यो ।

बेलुका मन्दिरमा जान्थ्यौ रातभरी भजन कृतन नाच गान हुन्थ्यो । त्यो समयमा त्यो ठाउमा ब्यापारको लागि ठुलासैन तथा मङ्गलसैनबाट डोकामा सामान बोकि मालिका मन्दिर आसपासमा पाल टागेर व्यापार गर्थे । प्राय मङ्गलसैन बजारमा रहेका भारतिय ब्यापारिहरु अझ झन बच्चा बच्चीका खेलौनाहरुको व्यापार गर्थे । आमा बुवाले खेलौना किनिदिदाको आनन्द बेग्लै हुन्थ्यो ।
करिब २५,३० जति पालमा व्यापार हुन्थ्यो । कतिपय ले आफू बस्नका लागि समेत पाल हालेका हुन्थे मालिका मन्दिर छेउछाउको डाडा निकै मनमोहक हुन्थ्यो । बिहान सबैले मालिका माताको दर्षन गर्थे मालिका माताको दर्शन गर्दा आफुले मागेको आटेको कुरा प्राप्त हुने धार्मिक बिश्वास रहेको छ । बिहान वर माग्थ्थे आफ्नो आफ्नो घर जान्थे सबै । अहिले ती दिन हरु केवल एक कथा झै बनिसके ।

यस्को प्रमुख कारण हो नेपालमा चलेको युद्ध । जब देशमा नेकपा माओबादीले जनयुद्ध सुरुवात गर्यो । देशमा जताततै हत्या हिसा आतंक जस्ता घटनाहरु हुन थाल्य तब हराय पुराना सस्कृतीहरु । जब जनयुद्ध बिस्तार बन्दै गयो तब तत्कालीन सरकारले देशमा संकटकाल घोषणा गर्यो । त्यो बेला माओवादीले मठमन्दिर भत्काउछन ,धामी झाक्रीको लटो काट्छन पुजा गर्ने पुजारीलाई समेत कारबाही गर्छन भन्ने हल्ला सुनिन्थ्यो तर तेसमा सत्यता थियो थिएन म सानै थिए बुझ्न सकिन ।

सायद तेसैको प्रभाबले होला मालिका मन्दिरमा पुजा गर्न भक्तजनहरु आउन छोडे । राती मन्दिरमा बास बस्ने पुजारी,रुद्र कथा बाचन गर्ने ब्राह्मण मन्दिरमा बस्न छोडे । तर बिहान भने गाउका केही मानिसहरु गएर मालिकाको दर्शन गर्थे पुजा गरेर आउथे । टाढा बाट आउने त कुरै भएन । बेलुका मन्दिरमा नबसे पनि बिहान नजिक नजिकका ले त पुजा गर्थे । तर जब २०५८ साल फागुन १९ गते अछामको मङ्गलसैन आक्रमण भयो तेसपछी भने फाट्टफुट्ट रुपमा गरिने पुजा समेत गर्न प्रशासन बाट अनुमति माग्ने अवस्था सिर्जना हुन्थ्यो ।

हुन त मैले गाउँका केही मेरा मान्यजनहरुका कुरा सुन्थ्ये सानै भएकाले मैले सोद्दा उनिहरुले उत्तर दिदैन थिए । मलाई मनमनै लाग्थ्यो “अब कहिले आउलान र ती मालिकामा वर माग्ने दिन ।”दिन हरु बित्दै गए युद्ध निकै भयानक बन्दै गयो । कला सस्कृती मेला,महोत्सव लोप हुँदै गैइसकेका रैछन । मेरो पुरानै खालको मालिका माताको दर्शन गर्ने धोको मनमा रहि रह्यो । जब २०६२ मा सरकारको माओवादी सङ्ग शान्ती सम्झौता भयो ।

त्रासमा रहेका नेपाली जनतालाई अब त शान्ती पाउछौकी भन्ने आशा त पलायो तर मनको डर त्रासले हाम्रा कला सस्कृतीहरु भने युद्द सङ्गै मरेर गैईसकेका रैछन । देशमा शान्ती भैईसके पछि मालिका मन्दिरमा पुजा आजा त सुरु भयो तर पुरानो रौनक पुरानो सस्कृती युद्ध सङ्गै बिलिन भैईसकेको रैछ । म २०६३ सालमा कक्षा ९ मा पढ्थे ।

श्रावण लाग्यो मालिका जाने दिन आयो मैले आमालाई जान्छु भने तर आमाले उत्तर दिनु हुन्थ्यो । जानू हुदैन लडाई चल्न सक्छ माओवादी आउन सक्छन अपहरण गर्न सक्छन जानू हुदैन ,बरु बिहान जाल्लास म पनि जाउला त सङ्ग । युद्धको घाउ आमाको मनबाट हटेको थिएन र हटोस पनि कसरी ?

तर मलाई ७,८ बर्षको बेला झै मालिका मन्दिरमा लाग्ने मेला मानिसहरुको भिड मानसपटलमा गुन्जिरहन्थ्यो मैले आमाको कुरा मानिन म लगायत म सङ्ग पढ्ने ४,५ जना साथिहरु बेलुका मालिका मन्दिरमा गयौ ।

करिव ६ बर्ष जति भैईसकेको थियो हामी मालिका मन्दिरमा राती न बसेको तर अपसोच मालिकामा ५,६ जना मन्दिरमा पुजाआजा गर्ने र १२,१५ जना जति हामी भर्खर का केटाहरु थियौ । मालिका मा न पहिलेको जस्तो चहलपहल थियो न मान्छे नै कोहि थिए । मेरो आफ्नै अन्कल मालिका मन्दिरको पुजारी हुनुहुन्थ्यो । उहाले पाल लिनु भयको थियो हामी साना साना भएकाले उहाले पाल टाग्न भन्नू भयो र मन्दिरमा रहेका र हामी हरु मिल्यौ पाल हाल्यौ । दाउरा ल्यायौ आगो बाल्यौ ।

राती आगो ताप्दै गर्दा मेरा पुजनिय अन्कल स्वर्गीय रङ्ग प्रसाद भण्डारीलाई मैले सोधे अन्कल अब पहिला जसरी मान्छे आउलान कि नाई ? अन्कलले भने ” अब ती दिन सक्कियका हुन बाबू मन्दिरमा बस्ने पुजा आजा गर्ने भजन कृतन गर्ने । यो लडाईले सब सक्किसक्यो ।” अब बिहान तिर बिस्तारै बिस्तारै मान्छे पुजा गर्न आउन सक्छन तर पहिलेको जसरी रातभर बस्ने गरि मान्छे आउदैनन होला ,ती जमाना गए”। आज म अन्कलको त्यो वचन झलझली सम्झिन्छु ।

र तेसपछीका दिनमा पनि केहि बर्ष मन्दिर मालिका राती सुनसान नै बन्यो । बिहान पनि बिस्तारै बिस्तारै मान्छेहरु आउन थाल्य । स्वर्गीय अन्कलले भन्नू भएको वचन मालिका चौदसी(श्रावण शुक्ल चतुदर्शी)आउदा झलक्क सम्झिन्छु । अहिले पनि मालिकामा आउने भक्तजनहरु रातीमा थोरै हुन्छन बिहान भने अहिले थामी नसक्नु भिड लाग्छ । पुराना यादहरु स्मरण गर्दा मलाई लाग्छ, अहिलेको भन्दा पहिलेको सस्कृती राम्रो थियो । भेषभुसा राम्रो थियो । तर अहिले सबै हरायर गए ।

मलाई लाग्छ युद्दले स्वतन्त्रता दियो,युद्ध न्याय दियो ,तर युद्धले सस्कृती परम्परा माटोमा मिसाई दियो । हुन त मैले बिगत ३,४ बर्ष यता दर्षन गर्ने मौका पायको छैन तर पनि पहिलेका ती दिन हरु सबैको सम्झनामा मात्र रहेका छन । ” मलाई लाग्छ अझै फर्केर आउलान र ? ती दिनहरु ? मालिका माताले सबैको कल्याण गरुन ।”मालिका माताकी जय”

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.