निपाह भाइरसको जोखिमबारे सतर्क रहन सम्पुर्णमा आग्रह

  1. काठमाडौं । सुदूरपश्चिमसहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई निपाह भाइरस (Nipah Virus) को सम्भावित जोखिमप्रति सतर्क रहन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। निपाह भाइरस फलफूल खाने चमेरोबाट मानिसमा सर्ने गम्भीर सङ्क्रामक रोग हो।

    चमेरोले छोएको फल वा काँचो फलको रस सेवन गर्दा, संक्रमित जनावर वा व्यक्तिसँग नजिक सम्पर्क हुँदा यो भाइरस सर्न सक्ने बताइन्छ। संक्रमण भएमा ज्वरो, टाउको दुखाइ, सास फेर्न गाह्रो हुने, बेहोस हुने तथा गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने जोखिम रहन्छ।
    हालसम्म निपाह भाइरसको कुनै विशेष औषधि वा खोप उपलब्ध नभएकाले सावधानी नै सबैभन्दा प्रभावकारी उपाय रहेको विज्ञहरूको भनाइ छ। उनीहरूले काँचो फलको रस नपिउन, चमेरोले छोएको फल नखान र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.