धनगढी- जेन जी आन्दोलनका क्रममा शाहदत प्राप्त युवाको सम्झनामा धनगढी उपमहानगरपालिकाले मंगलबार २०८२ भदौ २४ गते) एक दिनका लागि शोक विदा दिने घोषणा गरेको छ ।
नगर प्रमुख गोपाल हमालद्वारा जारी गरिएको विज्ञप्तिमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघ-संस्थामा शोक बिदा दिने निर्णय उल्लेख गरिएको छ ।
भदौ २२ गते आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपमहानगरपालिकाले शोक व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले प्रकाशित गरेको सूचनामा शाहदत प्राप्त युवाको सम्मान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख छ ।



