धनगढी- कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया नदिमा वेपत्ता युवा मृत अवस्थामा फेला परेका छन् । नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए।
धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।
प्रतििक्रया दिनुहोस



