जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एउटा घरमा क्षति

कञ्चनपुर– कन्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ।

गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो। गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए। उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ। हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ। ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन्।

हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पुर्याएको उनले जानकारी दिए। सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताए। “यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ”, उनले भने, “वर्षमा अम्रिसोबाट मात्रै तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पु¥याएको छ।”

सामुदायिक वनको आम्दानी गुमेको उनले बताए। सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ। सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताए। “हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ”, उनले भने, “सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन।” तत्काल हात्ती नियन्त्रणको पहल गर्न उनले सबैलाई आग्रह गरे। रासस

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.